citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एसियाली तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्णपदक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । चीनमा भएको एसियाली आमन्त्रण तथा नवौँ मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ वटा स्वर्ण पदक जितेका छन् । नेपाली खेलाडीले एक–एक रजत र कास्य पदक पनि जितेका छन् ।

काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष बिक्रम खड्गीका अनुसार पुरुष पुम्सेको ३० वर्षमाथि स्पर्धामा चन्द्र राना मगर, ह्यान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, सिनियर पुरुष ८० केजीमुनि भीमबहादुर खड्का र १४ वर्षमुनि महिला पुम्सेमा निरोशा राणाले स्वर्ण पदक जितेका हुन् ।

निरोशाले जुनियर ५२ केजीमुनिको स्पर्धामा कास्य पदक पनि जितेकी छन् । यस्तै, सिनियर महिला ४९ केजीमुनिको स्पर्धामा वर्षा थापाले रजत पदक प्राप्त गरिन् ।

प्रतियोगिता चीनको नान्जिङमा सम्पन्न भएको हो । उक्त प्रतियोगितामा नेपालकी अस्मिता खड्का उत्कृष्ट निर्णायक बनिन् ।

gold
himalayan life insurance long ad