stcnepal long ad
ime life insurance
national life
global ime bank long

गुडविल फाइनान्सको तीसौं वार्षिक साधारण सभा पुस २९ गते

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले यही पुस २९ गते सोमबार तीसौं वार्षिक साधारण सभा बोलाएको छ।

फाइनान्स कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको हात्तिसारस्थित फाइनान्स कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि फाइनान्स साधारण सभा बस्ने निर्णय गरेको हो।

यस फाइनान्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ।

फाइनान्स सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजका आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

prabhu mahalaxmi
kumari