stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेबाट निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

इन्स्योरेन्स कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँकोआइपीओ ल्याउने अनुमति पाएको छ। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ।

पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीलाई अनुमति पाएको २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको आइपीओ बिक्री गरेको हो ।

जस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख २५ हजार कित्ता बिक्री खुला गरेको हो ।  वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ बिक्री गरेपछि दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।

वैदेशिक रोजगारमा रहेका नेपाली आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। गार्डियन माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

गार्डियन माइक्रो लाइफ आइपीओ अनुमति पाउने र जारी गर्ने पहिलो लघु बीमा कम्पनीले हो। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा अझै ३ वटा लघु बीमा कम्पनीको आइपीओ रहेको छ।

prabhu mahalaxmi
kumari