stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा मिडिल तमोरको नवौँ वार्षिक साधारण सभा पुस २३ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। हाइड्रोपावर कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले समान उद्देश्य भएका अन्य कुनै कम्पनीसँग गाभ्ने,गाभिने वा एकीकरण गर्ने र यस कार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

मर्जर प्रक्रियाका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न आवश्यक देखिएको सो कार्य गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले पातिर गर्नेछ।

साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने एकजना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनी पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारण सभामा भाग लिन योग्य हुनेछन्।

साधारण सभा काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

prabhu mahalaxmi
kumari