stcnepal long ad
global ime bank long

सूर्यज्योति लाइफ इन्स्योरेन्सको पुस ६ गते सत्रौं वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सत्रौं वार्षिक साधारणसभा पुस ६ गते शनिबार बोलाएको छ।

इन्स्योरेन्सको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले विराटनगरस्थित बिग होटलमा बिहान १० बजे साधारण सभा बस्ने निणर्य गरेको हो।

इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कर समेत ) शेयरधनीलाई वितरण गर्ने निणर्य गरिसकेकाले सो निणर्य पारितका लागि सभामा पेश गर्नेछ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ति र सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएका छन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसका आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

IME Lifesidebar
kumari