stcnepal long ad
global ime bank long

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३८ औँ वार्षिक साधारण सभा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आफ्नो ३८ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारण सभा यही मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ६.५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

साधारण सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

साधारण सभाले बैंकको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ।

नियामकीय निकायबाट कुनै फेरबदल गर्ने सुझाव आएमा सोही गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर ६ गते बुक क्लोज बन्द गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ५ गतेसम्म कायम शेयरधनीहरु मात्रै लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्।

साधारण सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।

IME Lifesidebar
kumari