stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

यस्तो तीर्थस्थल–जहाँ जान गाह्रो, पुगेपछि स्वर्ग !

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना र भालेश्वर सहज रूपमा पुग्न केबलकार चलाइयो। मौलाकाली पुग्न गैंडाकोटबाट लामो सिँढी बनाइयो। यस्ता कैयन् तीर्थस्थलमा भक्तजनको यात्रालाई सहज बनाइँदै छ। गोरखामा भने यस्तो तीर्थस्थल छ, जहाँ पुग्न भक्तजन पहराको बाटो आउजाउ गर्छन् ।

परापूर्वकालदेखि नै १५ मिटरको यात्रा पहरा समातेर, पहरामै टेकेर गर्ने गरेको स्थानीय बताउँछन्। चुमनुब्री गाउँपालिका–३ स्थित नेडुप्च्यु पुग्न भक्तजनले जीउज्यानको पर्वाह नगरी भीरको यात्रा गर्ने गरेको स्थानीय सूर्य गुरुङको भनाइ छ।

‘साबिकका सिर्दिबास, उहिया, बिही, प्रोक, ल्हो, चुम्चेत गाविससम्मका मान्छे नेडुप्च्यु जान पहराको बाटो हिँड्छन्’, उनी भन्छन्, ‘त्यहाँ चेल्डाङ गुम्बा, १०८ धारा, पोखरी, गुफा, ठूलो मैदान र तल्लो भेगमा धेरै ठूलो ग्लासियर पनि छन्। नपुगुन्जेल गाह्रो हो, पुगेपछि स्वर्ग आएजस्तो लाग्छ।’

उनका अनुसार किमोलुङका तीन ठूला गुम्बामध्ये एउटा सोही ठाउँमा छ। ‘किमोलुङमा सेराङ, लेटाङजस्तै ठूलो गुम्बा चेल्डाङ यहीं पर्छ’, उनी भन्छन्, ‘उहिल्यै ठूला लामा गुरु फा पेमाढुन्डुपले ढेमाला भन्ने कन्यालाई बोलाएर पहिलो चोटि यहाँका सबै तीर्थस्थलहरूको दर्शन गराएपछि यसको प्रचार भएको भन्ने जिजुबाजेको पालादेखि सुन्दै आएको हो।’

नेडुप्च्युको दर्शनपछि निःसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास रहेको अर्का स्थानीय वीरबल घले बताउँछन्। ‘त्यहाँ पुगेपछि सन्तान नहुनेको सन्तान हुने, नबोल्ने बच्चा बोल्ने हुन्छ भन्ने जनविश्वास छ’, उनी भन्छन्, ‘किमोलुङको दर्शन गर्नेहरू पनि त्यहाँ अनिवार्य जाने गर्छन्।  यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

prabhu mahalaxmi
kumari