पूर्वराजदूत मोहनमान सैँजुको निधन
काठमाडौँ । पूर्वराजदूत एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको निधन भएको छ।
आफन्त अनुपमान सैँजुका अनुसार उनको ८३ वर्षको उमेरमा ललितपुरको सानेपास्थित निवासमै मंगलबार ५ बजे निधन भएको हो।
पछिल्ला केही वर्षदेखि सैँजु पार्किन्सनबाट पीडित थिए। उनी अमेरिकाका लागि पूर्व राजदूत हुन्। उनका एक श्रीमती एक छोरी र एक छोरा छन्। श्रीमती माधुरी सैँजु, छोरी डा.मिता सैँजु प्रधान र छोरा मनिसमान सैँजु हुन्।
पाल्पाको तानसेनमा जन्मिएका सैँजुले वनारास हिन्दु विश्वविद्यालय, भारतबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए।
सैँजु राजा महेन्द्रको महत्त्वाकांक्षी राजनीतिक कार्यक्रम भूमिसुधारको परीक्षण कार्यान्वयनमा पनि खटिएका खटिएका थिए। भूमिसुधारमा उनले गरेको कामबाट राजा महेन्द्र पनि प्रभावित थिए।























