citizens life insurance long ad
stcnepal long ad

सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १० करोड ७६ लाख १८ हजार ९४० रुपैयाँको कुल १४.५ प्रतिशतले हुन आउने १ करोड ५६ लाख ४ हजार ७४६.३१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ।

जसमा १३.७७५ प्रतिशतले हुन आउने १ करोड ४८ लाख २४ हजार ५०८।९९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशतले हुन आउने ७ लाख ८० हजार २३७.३२ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट स्वीकृत गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

IME Life
kumari