stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

भारत सरकारद्धारा दश वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा नेपाल सरकारलाई हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भारत सरकारले  दश वटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गर्‍यो ।

नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरूले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न नेपालको पुनर्निर्माण प्रयासलाई सहयोग गर्ने काठमाडौँ स्थित भारतीय दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

३८ करोड रुपैयाँ भन्दा बढी मूल्यका यी पुलहरू भारत सरकारले अनुदानको रूपमा प्रदान गरेको हो । यी सामानहरू वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हस्तान्तरण गर्नुभयो ।प्रिफ्याब्रिकेटेड  स्टिल ब्रिजका  बाँकी खेपहरू  आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइनेछ ।

यसका साथै, नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाइ सामाग्री, औषधी, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टार पोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको २५ टनभन्दा बढीको राहत सामाग्री उपलब्ध गराई मानवीय सहयोग गरेको छ ।

भारत सरकार नेपाल सरकार र नेपाली जनताको आवश्यकता अनुसार राहत सामाग्री र पुनर्निर्माण प्रयासमा हर सम्भव सहयोग गर्न प्रतिबद्ध रहेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।

prabhu mahalaxmi
kumari