stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गत भदौ २ गते त्रियुगा नगरपालिका–६ स्थित चुरे जङ्गलमा विङ्गर दुर्घटनामा ज्यान गुमाएकी त्रियुगा नगरपालिका–३ मोतिगडाकी ४९ बर्षिय गिता खड्का (राउत)का श्रीमान केन्द्र राउतलाई मृत्यु दाबी भुक्तानी गरिएको हो ।

सिटिजन्स लाइफमा अभिकर्ता मिश्रा कुमारी सुनुवार मार्फत २०८० भदौ ३१ गते १० बीमा योजना अन्र्तगत बीमा गराएकी राउतले पहिलो किस्ता वापत् ६७ हजार ४१९ रुपैंया जम्मा गरेकी थिईन् ।

त्रियुगा नगरपालिका ३ न..वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मृतकका श्रीमान केन्द्र बहादुर राउतलाई २० लाख ९६ हजार रुपैंयाको चेक हस्तारन्तरण गरिएको हो ।

त्रियुगा नगरपालिकाका उप–प्रमुख महेशवरी राई प्रमुख अतिथि रहेको कार्यक्रममा सिटिजन्स लाईफ गाईघाट शाखाका एजेन्सी मेनेजर जीतबहादुर भुजेल, सिटिजन्स लिर्डस् उत्तम रिजाल, रुद्रबहादुर अधिकारी, सर्मिला खतिवडा, प्रमिला राउत लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सिटिजन्स लाईफ गाईघाट शाखाकी प्रमुख मञ्जु थापाले जीवन अमुल्य रहेकाले जीवन बीमाको महत्व बुझेर सबैले समयमै बीमा गर्न आवश्यक रहेको बताइन् ।

त्रियुगा नगरपालिका वडा न. ३ का वडाध्यक्ष तिलक बहादुर कटुवालको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय बुद्धिजिवी, समाजसेवी, राजनैतीक दलका प्रतिनिधि, सामाजिक अगुवा लगायतको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari