stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सराङकोटमा विशेष फुलपाती बढाई साराङ्ग खेल हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । साराङ्ग खेल र विशेष फुलपाती बढाई कार्यक्रम सराङकोटमा हुने भएको छ । नेपालको इतिहास राज्य एकिकरण संग जाृेडिएको युद्द कौशल संग जोडिएको साराङ्ग नाचलाई खेलको रुपमा करिव ७०० बर्ष पुरानो शाह बंशीय राजा कुलमण्डल शाहको पालादेखि गरिदै आएको इतिहासलाई क्षत्री समाज नेपाल पोखरा १८ को अगुवाईमा पुन सकृय गरीने भएको छ ।

नेपालको एतिहासिक संस्कृति संरक्षणमा नयाँ पुस्ताहरुलाई सहभागी गरिने उद्देश्य सहित यस बर्षदेखी निरन्तरता दिने गरी सुरु गरिएको सराङकोट धार्मिक पर्यटन क्षेत्र बिकास समितिका अध्यक्ष प्रेम बहादुर जि.सी.ले बताए ।

पुर्व पश्चिम उचाइ भएको सराङकोटमा हतियार भण्डारण क्षेत्रको रुपमा परिचित रहेको मानिन्छ , हाल सराङकोटमा विशाल शिव मन्दिर पञ्चमुखी गणेशको विशाल मुर्ती संगै परापुर्व कालदेखि मानिदै आएको भुमे कालिका देबी भैरव ,चण्डी मन्दिरको पुन निर्माण भैसकेको छ ।

हाल सम्म ३० करोड र्खच भैसकेको सराङकोटको पहिचानलाई पूर्न निमार्ण संगै भ्यूटावरको निमार्णले पर्यटकलाई आकर्षण दिई रहेको छ ।

नेपालको संस्कृति परम्परा सबै जाती भन्दा माथि रहेकाले साराङ्ग खेललाई धार्मिक पर्यटनसंग जोडी यूवा पुस्तालाई सहभागी गराउन सके सराङकोटको पहिचान विश्वमाझ थप परिचित हुने क्षत्री समाज नेपालका महासचिव कृष्ण बहादुर थापाले बताए ।

सयौ बर्षदेखि मनाइदै आएको फुलपाती बढाई लाई पुन सकृय गराई विजय दशमीको फुलपाती असोज २४ गते सराङकोट क्षेत्रमा विशेष रुपले मनाइने योजना रहेको पोखरा महानगर पालिका वार्ड नं १८ का अध्यक्ष शिब प्रशाद तिमिल्सीनाले बताए ।

इतिहासको खोजी संगै सबै जातीको सहभागितामा साराङ्ग खेललाई नियमित गदै ,संरक्षण गरिने योजना रहेको क्षत्री समाज नेपाल पोखरा १८ सराङकोटका अध्यक्ष अमर बहादुर थापाले बताए ।

कार्यक्रम सफल पार्न पोखरा १८ मा रहेका सामाजिक ,धार्मिक ।संघ संस्थाहरु समेटी बृहत आयोजक समिति गठन गरीएको छ ।

सराङखेलमा सराङकोटका १० देखि ७० बर्ष सम्म का ५० जनाको सहभागि रहेको प्रशिक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको थियो

prabhu mahalaxmi
kumari