stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजदेखि नेपाल बङ्गलादेश दुई देशीय संयन्त्रको बैठक सुरु हुँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। बङ्गलादेश विद्युत् निर्यातलाई अन्तिम टुङ्गोमा पुर्‍याउने उद्देश्य सहित मङ्गलबारदेखि नेपाल बङ्गलादेश दुई देशीय संयन्त्रको बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार मङ्गलबार र बुधबार दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक बस्ने छ ।

बिहीबार भने सचिवस्तरीय संयुक्त निर्देशन समितिको बैठक बस्ने चटौतले जानकारी दिनुभयो ।

आपसी सहकार्य र सम्बन्ध विस्तारका लागि नियमित बस्दै आएको यो बैठकका अवसरमा यस पटक नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्न नेपाल–भारत र बङ्गलादेशका सम्बन्धित निकायका अधिकारीबिच त्रिपक्षीय सम्झौता गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

बिहीबार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभपलमेन्ट बोर्ड (बिपिडिबी) तथा भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) बिच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता हुने छ ।

नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बङ्गलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबिच त्रिपक्षीय सम्झौता हुन लागेको हो ।

सम्झौतामा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बिपिडिबीका अध्यक्ष मोहम्मद रेजुल करिम तथा एनभिभएनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रेनु नारङ्गले हस्ताक्षर गर्ने तय भएको उहाँले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari