stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाली सेनाको केटिएफटी जर्नल चौथो संस्करण तयार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सेनाले विकास निर्माण क्षेत्रसँग सरोकार राख्ने विद्युत वर्गहरुका लेख रचनाहरू समावेश गरी केटिएफटी जर्नल चौथो संस्करण तयार गरेको छ ।\

बिहीबार प्रधानसेनापति महारथी अशोकराज सिग्देलले सो केटिएफटी जर्नल चौथो संस्करणको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सेनाका उपरथी कमल विक्रम शाहले केटिएफटी जर्नल चौथो संस्करणमा २२ वटा उत्कृष्ट अनुसन्धानात्मक र जानकारीमूलक लेख रचनाहरू समावेश गरी प्रकाशनमा ल्याइएको बताए ।

उनले भने, ‘नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको उच्च प्राथमिकता प्राप्त काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजना सम्बन्धमा हालसम्मका गतिविधिहरू तथा सम्बन्धित अन्य विषयहरूलाई समेटी आम नागरिक जगतमा यस द्रुतमार्ग परियोजना सम्बन्धमा सुसूचित गर्ने उद्देश्य अनुरूप आयोजनाको वेबसाइट तथा विविध सञ्चार माध्यममा सूचना प्रकाशन गरी विकास निर्माण क्षेत्रसँग सरोकार राख्ने विद्युत वर्गहरुका लेख रचनाहरू समावेश गरी केटिएफटी जर्नल चौथो संस्करण तयार गरिएको छ ।’

prabhu mahalaxmi
kumari