stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

ब्रम्बी ईभी किन्दा एक वर्षको ब्याज नै नलाग्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा सबैभन्दा कम मूल्यको ईभी मध्ये एक मानिने बीएडब्लु ब्रम्बी ईभी किन्दा एक वर्षको ब्याज नै नलाग्ने भएको छ । नेपालका लागि बीएडब्लुको आधिकारिक वितरक एलआरआर मोटर्सले सो अफर सो अफर ल्याएको हो ।

एलआरआर मोटर्सले शून्य प्रतिशत ब्याजदरमा सो अफर ल्याएको सार्वजनिक गरेको छ । यस अनुसार पहिलो वर्ष कुनै ब्याज नै तिर्नु पर्दैन । ‘पहिलो वर्षको ब्याज नै कम्पनीले तिरिदिने छ । धेरैलाई चासो हुने विषय भएकाले हामीले यो अफर ल्याएको हौ ।’ एलआरआर मोटर्स स्रोतले भन्यो ।

बीएडब्लुको ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।

होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५ आर १३ साइजको टायर रहेको छ ।

सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ ।

सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।

यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् ।

क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ । यो गाडीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

prabhu mahalaxmi
kumari