stcnepal long ad
ime life insurance
national life
global ime bank long

हेम एण्ड माया फाउन्डेसनले सङ्खुवासभाको पहिरो पीडितलाई ५० हजार सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाको वेसिन्दामा असार २७ गते राति गएको पहिरो पिडितलाई हेम एण्ड माया फाउन्डेसनको ५० हजार सहयोग गर्ने भएको छ ।

फाउन्डेसनका सस्थापक हेम थापाले भनेका छन् (‘ सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउपालिका –१, सिसुवान खोलामा आएको बाढि र पहिरोको कारण ९ घर बगाएर ११ जान बेपत्ता भएको खबरले मेरो छाती छिया छिया भएको छ । उद्दारमा खटिएका मदन राईको मृत्युले झनै दुःखीत तुल्याएको छ ।

१ हप्ता भैसक्यो निन्द्रा नलागेको पनि किनकी नेपाली र नेपाललाई दुख्दा मेरो मुटु अझै बढी दुख्छ त्यसैले सिलिचोङ गाउँपालिकामा रहेका इमान्दार ब्यक्तिले हेम थापालाई सम्पर्क गर्न अनुरोध गर्दछु ।’

नेपालमा आइपरेको विभिन्न समस्या तथा सामाजिक कार्यमा सहयोग गर्दै आएका थापा अमेरिकामा बस्छन् । सङ्खुवासभामा अबिरल वर्षासँगै गएको पहिरोले ९ घरसमेत बगाएको छ भने पहिरोमा परि ११ जना बेपत्ता भएका छन् ।

बेपत्ताहरुको स्थानीयबासी, प्रहरी र नेपाली सेनाले खोजीकार्य गरिरहेको संखुवासभाका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए।

IME Lifesidebar
kumari