stcnepal long ad
ime life insurance
national life
global ime bank long

भूगोलपार्कमा राजा नरेन्द्रदेव, वज्राचार्य र ज्यापूको सालिक राखिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भारतको कामारुकमाख्याबाट रातो मत्स्येन्द्रनाथलाई ल्याउने तत्कालीन राजा नरेन्द्रदेव, काठमाडौँ टेबहाल सर्वसङ्घका गुरुज्यु बन्धुदत्त वज्राचार्य र ललित ज्यापू भनिने चक्रधर ज्यापूको सालिक भूगोलपार्कमा राखिने भएको छ ।
बाग्मती प्रदेश सांसद अजयक्रान्ति शाक्यको पहलमा सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत  ४४ लाख रुपियाँको लागतमा सालिक स्थापना हुन लागेको हो । ढलौटबाट बनेका सालिक छ फिट उचाइका हुने शाक्यले जानकारी दिनुभयो ।
मूर्तिकार श्याम तुलाधरले सालिक निर्माण गर्नुभएको छ । नेपालमा अनिकाल लाग्दा गोरखनाथले नागलाई थिचेर राखेको तथ्य पत्ता लागेपछि गोरखनाथलाई आसनबाट उठाएर नागलाई फुकुवा गर्न नाथका गुरु मत्येस्न्द्रनाथलाई नजिक ल्याउनु पर्दा राजा नरेन्द्रदेव सहितको यो टोली भारतको कामारुकामाख्या पुगेको इतिहास छ ।

मत्स्येन्द्रनाथ गोरखनाथ अगाडि आएपछि सत्कारपूर्वक आसनबाट उठ्दा नाग फुकुवा भई भारी वर्षा भएको र यसै बेलादेखि सहकाल लागेको कथन छ ।

वर्षा र सहकालका देवताका रूपमा मत्स्येन्द्रनाथलाई पुज्ने र रथयात्रा गर्ने प्रचलन अझै छ ।
सालिक बनाउनु हुने श्याम तुलाधरका अनुसार सालिकका साथमा सात फिट अग्लो नागको प्रतीक पनि सँगै रहन्छ । भूगोलपार्कमा यो सालिक राख्न आवश्यक निर्माण भइरहेको कामनापा–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिनुभयो ।

 

IME Lifesidebar
kumari