citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजमा हरेक शनिबार छुटको अफर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि दराजसँगको सहकार्यमा विशेष छुट अफर ल्याएको छ।

अब हिमालयन बैंकका भिसा र मास्टरकार्ड (डेबिट र क्रेडिट कार्ड) प्रयोगकर्ताहरूले दराजबाट सामान खरिद गर्दा हरेक शनिबार विशेष छुट पाउनेछन्।

बैंकको क्रेडिट कार्डधारकहरूले दराजमा किनमेल गर्दा १५ प्रतिशत छुट पाउनेछन्, जसको अधिकतम सीमा ५०० रहनेछ।

त्यस्तै, डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट पाउनेछन्, जसको अधिकतम सीमा पनि ५०० हुनेछ।

यस अफर अन्तर्गत ग्राहकहरूले दराजमा हरेक शनिबार विभिन्न सामानमा छुटको फाइदा लिन सक्नेछन्। ग्राहकहरूले हिमालयन बैंकको कार्ड मार्फत दराजमा अनलाइन भुक्तानी गर्दा स्वचालित रूपमा यो छुट प्राप्त गर्न सक्नेछन्।

IME Life
kumari