stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुनको मूल्य एक वर्षमा एकचालिस हजार रुपियाँले बढ्यो 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनको मूल्य फेरि बढ्न थालेको छ । लामो समयदेखि स्थिर रहेको सुनको मूल्य बुधबार एक्कासि बढेको हो ।

मङ्गलबार प्रतितोला एक लाख ५२ हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा एक हजार रुपियाँले बढेर एक लाख ५३ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि भदौ १२ गते प्रतितोला एक लाख ५३ हजार दुई रुपियाँमा कारोबार भएको थियो ।

त्यसपछि क्रमिक रूपमा घटेर गत आइतबार एक लाख ५२ हजार एक सय रुपियाँमा पुगेको थियो । त्यसपछि क्रमिक रूपमा बढ्न थालेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य दुई हजार ५२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यसैबिच एक वर्षको अवधिमा बजारमा प्रतितोला सुनको मूल्य ४१ हजार दुई सय रुपियाँले बढेको छ । गत वर्ष भदौ २६ गते प्रतितोला एक लाख १२ हजार दुई सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर एक लाख ५३ हजार चार सय रुपियाँ पुगेको छ ।

एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत सुन आयातमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशतमा पु¥याएकाले पनि सुनको मूल्य थप महँगो पर्न गएको व्यवसायीको भनाइ छ ।

भन्सार दर बढेका कारण तोलामा सुनको मूल्य सात हजार थप बढ्न गएको व्यवसायीको भनाइ छ । सुनको मूल्य लगातार बढ्दै गए पनि कारोबार भने न्यून अवस्थामा रहेको व्यवसायीको भनाइ छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले उपभोक्तासँग पर्याप्त मात्रामा क्रयशक्ति नहुँदा बजारमा सुनको माग न्यून भई कारोबारमा उलेख्य गिरावट आएको बताउनुभयो ।

सुनचाँदीको कारोबारमा ७५ प्रतिशतले गिरावट आएको उहाँको भनाइ छ । यसैबिच चाँदीको मूल्य तोलामा १५ रुपियाँले बढेर एक हजार ७८० रुपियाँमा कारोबार भएको छ ।

prabhu mahalaxmi
kumari