citizens life insurance long ad
stcnepal long ad

सीटीइभीटीको उपाध्यक्ष पदका लागि आवेदन आव्हान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को उपाध्यक्ष पदका लागि आवेदन आव्हान भएको छ ।

सीटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीको गत साउनमा कार्यकाल सकिएपछि उपाध्यक्ष मनोनयन सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट छनौट गर्नका लागि आवेदन आव्हान गरेको हो ।

राजनीतिक दलको सदस्य नभएको र सीटीईभीटीबाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक समितिमा नरहेको व्यक्तिले आवेदन दिन पाउने जनाइएको छ ।

योग्यता पुगेका उम्मेदवारले आवेदनसँगै भदौ २६ गते भित्र सीटीइभीटीको बारेमा ५ हजार शब्दमा कार्य योजनासहितको सोचपत्र पेस गर्नुपर्नेछ ।

साथै स्नातकोत्तर तह उत्र्तीण गरेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको, ४० वर्ष पूरा भई ६० वर्ष उमेर ननाघेको व्यक्तिले आवेदन दिन सकिने जनाइएको छ ।

यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा विद्यावारिधिको उपाधि हासिल गरेको, सरकारी क्षेत्र, विश्वविद्यालय परिषद् वा सार्वजनिक क्षेत्र, प्रतिष्ठान वा अन्य कुनै क्षेत्रमा व्यवस्थापकीय पदको जिम्मेवारीमा रहेको, सार्वजनिक पदमा मनोनयनको लागि अयोग्य नभएको, परिषद्सँग कुनै स्वार्थ नबाझिएको हुनुपर्ने पनि उल्लेख छ ।

त्यस्तै सहसचिव वा सो सरह, त्यो भन्दा माथिल्लो पद, सीटीइभीटीको उपाध्यक्ष, सदस्य सचिव, निर्देशकले पनि उम्मेदवारी दिन सकिने जनाइएको छ ।

साथै कम्तीमा ११ औ तह, औद्योगिक क्षेत्रको प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिको अध्यक्ष सदस्य पदको अनुभव हासिल गरेको व्यक्तिले पनि सीटीइभीटीको उपाध्यक्षका लागि आवेदन दिन सक्नेछन् ।

समितिले उपाध्यक्ष पदका लागि शैक्षिक योग्यता, अनुभव, कार्य योजना सहितको सोचपत्र प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्बन्धी अंक विभाजन समेत गरेको छ ।

IME Life
kumari