stcnepal long ad
ime life insurance
national life
global ime bank long

फोटोनले नेपाल सहित विश्वव्यापी रुपमा मनायो २८औं वार्षिकोत्सव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वको अग्रणी व्यावसायिक सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नेपालमा यो अवसरलाई नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनाएको छ ।

फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारी साधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको थियो।

कार्यक्रममा एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, सीईओ तुषार गुप्ता लगायत फोटोन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो।

नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्पित रहेको सन्देश दिएका थिए ।

एमएडब्लु वृद्धि कमर्सियल भेइकलले नेपालमा फोटोनका हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान जस्ता कुशल र भरपर्दो सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ ।

फोटोनको उत्कृष्ट प्रमाणित ट्र्याक रेकर्ड र नयाँ टेक्नोलोजीहरुको प्रतिबद्धताले फोटोनलाई नेपाली बजारमा निरन्तर वृद्धि र सफलताको लागि थप स्थान दिने कम्पनीको भनाइ छ ।

IME Lifesidebar
kumari