stcnepal long ad
ime life insurance
national life
global ime bank long

मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

आगामी भदौ १५ गते अडिसन राउण्ड हुँदै शुरु हुन लागेको मिसेस नेपाल वर्ल्ड २०२४ को लागि राइड पार्टनरको रुपमा लुयान ब्रान्डको इलेक्ट्रिक स्कुटरको बिक्रेता जीरो इमिसन राइड एनसँग आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिले हस्ताक्षर गरेको हो ।

लुयान नेपालका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी र मिसेस नेपालका सिइओ निसु झा बीचमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा बोल्दै लुयान नेपालका प्रबन्ध निर्देशक नगरकोटीले भने – लुयान नेपाल आफ्नो इलेक्ट्रिक स्कुटरको व्यवसायलाई सवारी साधनको भविष्यको रूपमा अघि बढाउँदै, मिसेस नेपाल वर्ल्ड जस्तो महत्वपूर्ण प्रतियोगितालाई राइड पार्टनरको रुपमा सपोर्ट गर्न पाउँदा अत्यन्त गर्वित र उत्साहित छौं ।

उनले भने ( हामी विश्व वातावरणको अनुकुल हुने इलेक्ट्रिक स्कुटर बिक्रेता भएको र आयोजकले पनि विश्व वातावरणमा योगदान पुग्ने गरी आफ्ना प्रतियोगीहरुलाई प्रशिक्षित गर्ने योजना समेत समावेश गरेकोमा हामी त्यसप्रति समर्थन जनाउँदै यो खालको सहयोग गर्ने निर्णय गरेका हौं ।

यस इभेन्टले पछाडि परेका गृहिणी महिलाहरुको क्षमता र दक्षतालाई पहिचान गरी उनीहरूलाई आफ्नो व्यक्तिगत साथै समाज र विश्वकै लागि सकारात्मक योगदान गर्न प्रेरित गर्दछ भन्नेमा विश्वास गर्ने उनले बताए ।

निर्देशक नगरकोटीले अगाडि भने – हाम्रो कम्पनीको सामाजिक उत्तरदायित्वका रुपमा, हामीले सधैं सामुदायिक विकास र सामाजिक न्यायमा विश्वास गरेका छौं ।

मिसेस नेपाल वर्ल्ड प्रतियोगिता महिलाहरुको सशक्तिकरणमा केन्द्रित एक प्रमुख प्लेटफर्म हो, जसले महिलाहरुको प्रतिभा, आत्मविश्वास, र नेतृत्व क्षमताको विकासका लागि उत्तम अवसर प्रदान गर्नेमा हामी आशावादी छौं ।

कार्यक्रममा मिसेस नेपाल वर्ल्डका आयोजक रिबन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक आश्विनी झाले वातावरणीय सन्तुलनका लागि लुयान नेपालले गर्न चाहेको योगदान सह्राहनीय भएको उल्लेख गर्दै लुयान नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

रिबन इन्टरटेनमेन्टका सिइओ निशु झाले आजको समयमा जीरो इमिसनको म्यासेज समाज र विश्वलाई दिने कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रम लुयान नेपालको मुख्य शोरुम रहेको स्थान नागपोखरीमार्गमा भएको थियो ।

prabhu mahalaxmi
kumari