stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआईसी एशिया बैंकलाई ‘बेस्ट इन डिजीटल बैंकिङ अवार्ड’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दोस्रो आईसीसी इमजर्जिङ एसिया बैंकिङ अवार्ड अन्तर्गतको ‘बेस्ट इन डिजीटल बैंकिङ अवार्ड’ एनआईसी एशिया बैंकले प्राप्त गरेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले अझ बढी उत्पे्ररणा प्रदान बैंकले जनाएको छ ।

इण्डियन चेम्बर अफ कमर्सको २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले जानकारी दिनुभयो ।

यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरू नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए ।

यी देशका बैंकहरूले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

यस अवार्डमा उत्कृष्ट बैंक छनोट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो ।

prabhu mahalaxmi
kumari