stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा बैंकको १.१५ लाख कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकको १ लाख १५ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख १५ हजार ३८० कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लािग ३५ दिनको समय दिइएको छ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्साल नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ।

तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari