stcnepal long ad
ime life insurance
national life
global ime bank long

बन्दीपुरमा “तिज सप्ताह उत्सव” हुने,लाखौँ पुरस्कारको ओइरो !

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भाद्र १६ देखि २३ गतेसम्म साताव्यापी बृहत्तर “तिज सप्ताह उत्सव” आयोजना गरिने भएको छ।

उत्सव कार्यक्रम अन्तर्गत “बृहत् खुल्ला तीज गीत प्रतियोगिता”, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन, समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

त्यसै गरी हालसम्म बाहिरी दुनियाँसँग कम प्रचारित धार्मिक शक्तिपीठहरु जून बन्दीपुरमा अवस्थित छन् सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तिनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका मातृशक्तिरूपी देवीको दर्शन गराउने र सबै माझ यिनीहरूको महिमा एवं शक्ति बारे परिचित गराउने कार्यक्रम समेत रहेको छ।

उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य सहित बन्दीपुरमा क्रियाशील सबै सङ्घ संस्थाहरूको सहकार्य र ‘बन्दीपुर तिज सप्ताह उत्सव’ आयोजक समितिको आयोजनामा यस प्रकारको भव्य कार्यक्रम घोषणा गरिएको समितिका संयोजक किरण पोखरेलले बताउनुभएको छ।

चन्द्र निर्माण सेवा प्रा. लि. पोखरा मुख्य प्रायोजक, डिजाइन स्टेसन प्रा लि काठमाडौं सह प्रायोजक रहने यस कार्यक्रममा दर्जनभन्दा बढी संघसंस्थाहरूले विभिन्न विधाकोलागि प्रायोजन गर्ने समेत घोषणा गरेका छन्।

उत्सव कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर “माँखड्गदेवी मन्दिर” प्राङ्गणमा हुने आयोजकले बताएको छ।

तीज गीत प्रतियोगिताको लागि कम्तीमा ३० टिमले सहभागी जनाउनेछन् भने चर्चित कलाकारहरूले बेजोड सांस्कृतिक प्रस्तुति दिँदै बन्दीपुरलाई गुन्जाउने छन्।

तीज गीत प्रतियोगिताको विजेता प्रथम टिमलाई रु १ लाख १ हजारको नगद पुरस्कार र प्रमाणपत्र, द्वितीयलाई रु ७५ हजार र प्रमाणपत्र, तृतीयलाई रु ५० हजार र प्रमाणपत्र, र अन्यलाई २५ हजार र प्रमाणपत्रको पुरस्कारले सम्मान गरिनेछ।

यस अवसरमा बन्दीपुर केबलकारले केबलकारको सवारीमा सांस्कृतिक पर्यटकहरू को लागी विशेष छुट समेत घोषणा गरेको छ।

 

IME Lifesidebar
kumari