stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआइसी एशिया क्यापिटलको आठौं वार्षिक साधारणसभा भदौ १५ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले लाभांश पारितको प्रस्ताव सहित आठौं वार्षिक साधारणसभा डाकेको छ ।

सभाले गत आर्थिक वर्ष २०८०/ ८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल, लेखापरीक्षकको प्रतिवेदन सहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा सो अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, चालू आर्थिक वर्षका लागि  लेखापरीक्षक नियुक्ति र निजको  पारिश्रमिक निर्धारण पनि साधारणसभाले गर्नेछ ।

साधारणसभाले चुक्ता पुँजीको ५२.५३ प्रतिशत (करसहित) का दरले हुन आउने १० करोड ५० लाख ६० हजार रुपियाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ ।

साधारणसभा भदौ १५ गते कम्पनीको रजिस्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

IME Lifesidebar
kumari