citizens life insurance long ad
stcnepal long ad

रियलमी सी ६१: टफ एज स्टिल (Tough As Steel) एन्ट्री–लेभल स्मार्टफोन नेपालमा उपलब्ध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा आफ्नो सबैभन्दा नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी६१ सार्वजनिक गरेको छ ।

रियलमी सी६१ ले यसको छ आरमोरसेल टफ बिल्ड, ईमप्याक्ट एवजर्बसन र व्यापक सुरक्षा सेटिङ्गको ] (ArmorShellTM tough build, impact absorption, and comprehensive safety protection) साथ नयाँ मानक सेट गर्दछ ।

४८ महिनाको फ्लुएन्सी (४ वर्षको ल्याग फ्री प्रयोगको ग्यारेन्टी) भएकोले प्रयोगकर्ताहरूले अब ४ वर्षसम्म नयाँ फोन चलाएको अनुभव गर्न सक्नेछन् । यो सुविधा यो मूल्यमा आउने स्मार्टफोनहरु मध्य सबैभन्दा उत्कृष्ट हो ।

यसबारे बोल्दै रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले भने, “रियलमीमा हाम्रो लक्ष्य भनेको हाम्रा प्रयोगकर्ताहरूलाई असाधारण मूल्यमा उत्कृष्ट फिचर भएको स्मार्टफोनहरु प्रदान गर्नु हो, र रियलमी सी६१ यसै प्रतिबद्धताको प्रमाण हो ।

हामीले सी६१ लाई दैनिक जीवनमा आइपर्ने आकस्मिक घटनाहरु सामना गर्न सक्षम हुने तरिकाले डिजाइन गरेका छाँै । धातु, फोमदेखि सिलिकन लगायतका विभिन्न ८ प्रकारका सुरक्षा कवचहरु प्रयोग गरिएर बनाइएको यो फोनले एन्ट्री लेबल सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउनेछ ।”

टिकाउपन
रियलमी सी६१ इन्टिग्रेटेड मेटालिक फ्रेम, रिइन्फोर्समेन्ट ग्लास, र आईपी ५४ डस्ट र वाटर रेसिस्ट्यान्स सहित आउँछ ।

दैनिक जीवनमा आइपर्न सक्ने अप्रत्याशित क्षणहरू सामना गर्न इन्जिनियर गरिएको रियलमी सी६१ ले टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्दछ । बेन्ड, ड्रप र स्क्य्राच रेसिस्ट्यान्ट भएकोले यो फोन अरु प्रतिस्पर्धीहरु भन्दा उत्कृष्ट छ ।

आरमोरसेल प्रोटेक्शन र टीयुभी रेनल्याण्ड हाइ रिलायबिलिटि (ArmorShell protection & TÜV Rheinland high reliability) को प्रमाणपत्रले यसको उत्कृष्ट गुणस्तर निर्माणलाई थप प्रमाणित गर्दछ । रियलमी सी६१ ले १०,००,००० वटा बटन प्रेस परीक्षण, ४०,००० वटा युसबी प्लग/अनप्लग परीक्षण, र १४,००० वटा माइक्रो ड्रप परीक्षण सहित ३२० भन्दा धेरै कडा गुणस्तर परीक्षणहरू पार गरेको छ । यी परिक्षणहरुले वर्षौंको प्रयोगसम्म पनि फोनको विश्वसनीयता र टिकाउपन सुनिश्चित गर्दछन् ।

प्रोसेसर

रियलमी सी ६१ शक्तिशाली अक्टा–कोर चिपसेटद्वारा संचालित छ, जुन यो मूल्यको सबैभन्दा शक्तिशाली चिपसेट हो ।

यो चिपसेटले सहज गेमिङ पर्फमेन्स र चुस्त मल्टिटास्किङ सुनिश्चित गर्दछ । पावर प्याक युनिसोक (AnTuTu) टी६१२ चिपसेटले पनि गेमिङलाई सहज बनाउनुको साथै एपहरु पनि छिटो खुल्छन् । २५२,५९७ को प्रभावशाली एन्टुटु (AnTuTu) स्कोर र १.९ गिगाहर्जको हाइ क्लक स्पिडले रियलमी सी६१ को उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्दछ ।

उत्कृष्ट तस्विरहरु सहज रुपमा

३२ एमपीको सुपर क्लियर क्यामेरा रहेको रियलमी सी६१ ले उत्कृष्ट शटहरू खिच्न सजिलो बनाउँछ । एड्भान्स्ड फोटोग्राफी एल्गोरिदमले प्रयोगकर्तालाई अझ सटीक र जिवन्त रङहरू निकाल्न सक्षम बनाउँछ । यो फिचरले गर्दा रियलमी सी६१ लाइ यो सेग्मेन्टको सबैभन्दा उत्कृष्ट फोन बनाएको छ ।

त्यसैगरी, नाइट मोडले रातको समयमा फोटो खिच्न पनि अझ सजिलो बनाउँछ र अँध्यारो समयमा पनि डिटेल्स र सार्पनेस कायम रहन्छ । ४–इन–१ पिक्सेल बिनिङ टेक्नोलोजी र एड्भान्स्ड सेन्सर हार्डवेयर भएकोले ४ वटा पिक्सेललाई एउटै बनाएर ठुलो बनाउन सकिन्छ ।

दिन भरी टिक्ने ब्याट्री
५००० एमएएचको शक्तिशाली ब्याट्री भएको रियलमी सी६१मा सिंगल चार्जमा ३० घण्टा भन्दा बढी भ्वाइस कल गर्न सकिन्छ । साथै १००० चोटी चार्ज गर्दा पनि ब्याट्रीको गुणस्तर ८०% सम्म कायम रहन्छ ।

स्लिक डिजाईन र चलाउन सहज
७.८४ एमएमको स्लिम बडी भएको रियलमी सी६१ चलाउन पनि उत्तिकै सहज छ । यसको ९०हर्जको आइ कम्फर्ट डिस्प्लेले स्पष्ट र लिक्विड स्मूथ डिस्प्ले सुनिश्चित गर्दछ । यो फिचर पनि यो मूल्यमा पाउने स्मार्टफोनहरु मध्य सबैभन्दा उत्कृष्ट हो । रियलमी सी६१ मा ६+६ जीबी सम्मको डाइनामिक ¥याम छ, जसले स्विफ्ट र रेस्पोन्सिभ मल्टिटास्किङ सुनिश्चित गर्दछ । साथै यसको ९० हर्जको उच्च रिफ्रेस रेट र १८० हर्जको टच स्याम्प्लिङ्ग रेटले लिक्विड स्मूथ भिजुअल र एक रेस्पोन्सिव डिस्प्ले प्रदान गर्दछ । रेनवाटर स्मार्ट टच भएको हुँदा रियलमी सी६१ भिजेको हातले छुँदा पनि राम्रो सँग चलाउन सकिन्छ ।

नौलो युजर इन्टरफेस
नयाँ मिनी क्याप्सुल २.० ले प्रयोगकर्तालाई सिमलेस कन्ट्रोल र नेक्स्ट लेभल अन्तरक्रिया प्रदान गर्दै सूचनाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज बनाउछ जसले Gen Z (जेन जी) प्रयोगकर्ताको मन जित्ने विश्वास कम्पनिले लिएको छ ।

रियलमीको Intuitive  UI (इण्टुइटिभ यू आइ ) पनि भएकोले रियलमी सी६१ ले रमाइलो र सिमलेस अनुभव प्रदान गर्दछ ।

मुल्य र उपलब्धता
रियलमी सी६१ दराज र नेपालभरका सम्पूर्ण आधिकारिक रिटेलर्सहरुमा उपलब्ध छ । रियलमी सी६१ को ४ जीबी प्लस ६४ जीबी भेरियन्टको लागि १३,४९९ र ६ प्लस १२८ जीबी भेरियन्टको लागि १६,४९९ रुपैयाँ राखिएको छ । रियलमी सी६१ मार्बल ब्ल्याक र सफारी ग्रीन जस्ता आकर्षक रंगहरूमा उपलब्ध छ ।

IME Life
kumari