citizens life insurance long ad
stcnepal long ad

विश्वासको मत प्राप्त गर्ने सम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते (आइतबार) विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि संसद्मा अनुरोध गर्नुभएको हो ।

“नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा (४) बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरुप विश्वासको मत प्राप्त गर्ने सम्बन्धी विषय २०८१ साउन ६ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि अनुरोध छ”, प्रधानमन्त्री ओलीले आज सङ्घीय संसद्को महासचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ ।

गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

IME Life
kumari