पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा
सेमिफाइनल पुगेपछि फ्रेन्च खेलाडीको सेलिब्रेसन। तस्बिर: रोयटर्स
पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरो कप २०२४ को सेमिफाइनलमा स्थान बनाएको छ।
जर्मनीको ह्यामबर्गमा सम्पन्न क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल पेनाल्टी सुटत्तउटमा अघि बढेको थियो।
पेनाल्टीमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५(३ ले विजयी भयो। अब स्पेन र फ्रान्सले सेमिफाइनलमा खेल्नेछन्।























