citizens life insurance long ad

गीतकार प्रितम श्रेष्ठको ‘मायालु’ भिडियो सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गीतकार प्रितम श्रेष्ठले आफ्नो नयाँ म्यूजिक भिडियो ‘मायालु’ सार्वजनिक गरेका छन्। ‘मायालु’ गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ, जसमा गायन र संगीत एआईबाट तयार गरिएको हो। तर, सम्पूर्ण प्राविधिक अवधारणा प्रितम श्रेष्ठले दिएका हुन्।

म्युजिक भिडियोमा दिपिका थापा र मुकुन्द भट्टको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। महेश महराले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। प्रविन थापाको निर्देशनमा तयार पारिएको भिडियोलाई गीतकार श्रेष्ठको युट्युव च्यानल ‘प्रितम श्रेष्ठ’ मार्फत सार्वजनिक गरिएको हो।

यसअघि गीतकार श्रेष्ठले आफ्नो पहिलो म्यूजिक भिडियो ‘तिमी हिँड्ने गल्लि’ ल्याएका थिए, जसको शब्द लेखन प्रितम श्रेष्ठ आफैले गरेका थिए भने संगीत तथा गायन गजल गायक थानेश्वर गौतमले गरेका थिए।

हाल गीतकार श्रेष्ठ सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बस्दै आएका छन्। उनी सानै उमेरदेखि नेपाली गजल र गीत लेखनमा लागेका थिए। नेपालबाट टाढा भए पनि उनले नेपाली गजल र गीत लेखनलाई निरन्तरता दिइरहेका छन्।

IME Lifesidebar
kumari