citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सीइओ भण्डारी पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । बचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको विशाल नगरबाट पक्राउ गरेको हो ।

नेपाली काँग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार रहेका थिए ।

लालीगुराँस सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि रहेको छ । उक्त सहकारी सञ्चालकहरूले बचतकर्ताको ६ अर्बभन्दा बढी रुपैयाँ अपचलन गरेको थियो ।

IME Life
kumari