citizens life insurance long ad

एनआईसी एसियाका ३ वटै म्युचुअल फन्डको न्याभ बढ्यो

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ३ वटा योजनाको जेठ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ।

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्था एनआईसी एसिया क्यापिटल रहेको एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, ग्रोथ फन्ड र सेलेक्ट–३० (इन्डेक्स फन्ड)को जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको हो। जेठमा तीनवटै योजनाको न्याभ बढेको छ।

गत वैशाखमा ब्यालेन्स्ड फन्डको १०.३५ रुपैयाँ न्याभ रहेकोमा जेठमा बढेर १०.६१ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर जेठमा ७० करोड ९६ लाख रुपैयाँ पुगेको छ।

वैशाखमा कुल लगानी ७० करोड ७९ लाख रुपैयाँ थियो। गत वैशाखमा २ करोड ९ लाख रुपैयाँ नाफा कमाएको यो योजनाले जेठमा पनि ४ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी गत वैशाखमा ग्रोथ फन्डको १०.६९ रुपैयाँ न्याभ रहेकोमा जेठमा बढेर ११ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने घटेर जेठमा ७५ करोड ८१ लाख रुपैयाँमा झरेको छ।

वैशाखमा कुल लगानी ७६ करोड ४८ लाख रुपैयाँ थियो। गत वैशाखमा ५ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले जेठमा पनि ७ करोड ८९ लाख रुपैयाँ कमाउन सफल भएको छ।

गत वैशाखमा सेलेक्ट–३० को १०.८५ रुपैयाँ न्याभ रहेकोमा जेठमा बढेर १०.९९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर जेठमा १ अर्ब ५ करोड रुपैयाँमा झरेको छ।

वैशाखमा कुल लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो। गत वैशाखमा १ करोड ६४ लाख रुपैयाँ घाटा व्यहोरेको यो योजनाले जेठमा भने ११ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

IME Lifesidebar
kumari