citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिटिजन्स बैंकद्वारा विद्यालयका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले बझाङ जिल्लाको गोलाईमा अवस्थित श्री बाल विकास माध्यमिक विद्यालय भवन पुनर्निर्माणको लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भूकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा आंशिक रुपमा क्षति ग्रस्त भएको र यसले गर्दा पठनपाठनमा समेत असर परेकाले कम्पनीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय भवन निर्माणका लागि सो सहयोग उपलब्ध गराएको हो ।

यस कार्यबाट विद्यार्थीहरुको पठनपाठनमा केहि सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास कम्पनीले लिएको छ ।

कक्षा १ देखि १२ सम्म अध्यापन हुने उक्त विद्यालयमा हाल करिब ३०० विद्यार्थीहरु अध्ययनरत छन् । कम्पनीले देशैभरी फैलिएका १९२ वटा शाखा, १५५ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ५९ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५६ जिल्लामा सेवा प्रदान गर्दै आएको कम्पनीले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान लक्ष्य रहेको बताएको छ ।

himalayan life insurance
igi long