बुधबार थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् ।

यो संगै संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । नेपालमा हाल ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा छन्

IME Lifesidebar
kumari