stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालय ऊर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयर बिक्रीका असार २० गते बुक क्लोज गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री प्रयोजनका लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, असार १९ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अपिको हकप्रद सेयर भर्न पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिंङले गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

prabhu mahalaxmi
kumari