stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

दक्षिण सुडानस्थित अनमिस (UNMISS)मिसनबाट स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्वागत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस (UNMISS) मिसनमा खटिई आफ्नो एक वर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएका प्रहरी टोलीलाई आइतबार स्वागत गर्नुभयो ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक भट्टराईले शान्ति स्थापनामा सहभागी भई स्वदेश फिर्ता हुनु भएका प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गर्दै संगठनले दिएको जिम्मेवारीलाई संयुक्त राष्ट्र संघको मापदण्ड अनुरूप उच्च मनोबलका साथ प्रभावकारी रूपमा पुरा गरी स्वदेश फिर्ता भएकोमा बधाई दिनुभयो ।

मिसनमा रहँदा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गरी स्वदेशमा पनि संगठनले दिएको जिम्मेवारीलाई रचनात्मक तरिकाबाट पुरा गर्नुपर्ने उहाँले बताउनुभयो ।

२०८० जेठ ११ गते खटिई गई गत जेठ ११ गते स्वदेश फिर्ता भएका १४ जना र २०८० जेठ १७ गते खटिई गई गत जेठ १७ गते स्वदेश फिर्ता भएका ३ जना सहितको उक्त टोलीमा प्रहरी नायव उपरीक्षक २ जना, प्रहरी निरीक्षक ११ जना र प्रहरी नायव निरीक्षक ४ जना गरी १७ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।

prabhu mahalaxmi
kumari