stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोना नियन्त्रण गर्न सुदूरपश्चिमलाई ग्लोबल आइएमई बैंकले दियो २० लाख सहयोग

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई ग्लोबल आइएमई बैंकले नगद रु. २० लाख सहयोग गरेको छ ।

एक कार्यक्रमका बीच बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागी निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए ।

कोभिड–१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।

prabhu mahalaxmi
kumari