stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपालबीच कोशी प्रदेशमा कृषि कर्जाका लागि सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपाल बीच कोशी प्रदेशमा कृषि कर्जाका लागि सोमबार सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा स्वीस कन्ट्याक्ट नेपालका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीस कन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने परियोजनाका लागि उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुले प्रभु बैंकको शाखा कार्यालयबाट कृषि कर्जाका साथै वित्तीय साक्षरता तथा व्यवसायिक साक्षरता सहज रुपमा पाउने छन् ।

prabhu mahalaxmi
kumari