stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पर्यटनमन्त्री तामाङले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा निरीक्षण तथा अनुगमन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा निरीक्षण तथा अनुगमन गरे । त्यस क्रममा पर्यटन सचिव गणेश पाण्डेय पनि सहभागी थिए ।

सोही सन्दर्भमा मन्त्री तामाङले निगमको चालु आर्थिक बर्षको समीक्षा र आगामी आवको वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटन पनि गरे । दुई दिनसम्म चल्ने समीक्षा बैठकमा खासै महत्वपूर्ण कुरा बोलेनन् ।

निगमका अध्यक्ष युबराज अधिकारीले निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरणहरुको मर्मत सम्भारमा लाग्ने पाटपुर्जाहरु र निगमको जहाजमा प्रयोग हुने खाद्य सामाग्रीहरुमा भन्सार छुट सुविधा उपलब्ध गराउन, हवाई इन्धनमा लगाइएको कर छुट गर्ने तर्फ पहल गरिदिनुहुन, निगम राष्ट्रिय ध्वजावाहक भएकोले अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधाहरु जस्तै निगमलाई पनिसरकारको तर्फबाट विशेष सुविधाहरु दिलाउन आग्रह गरे ।

विमान चालक तथा अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरीद ऐन तथा नियमावलीमा निगम जस्तो विशेष प्रकृतिको हवाई व्यवसायको लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्न, नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सवल बनाउन आग्रह गरे ।

सचिव पाण्डेयले निगमका कर्मचारीहरुले इमान्दारीपूर्वक काम गर्न नसकेको औंल्याउँदै सबैले एक साथ इमान्दारीताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने बताए । मन्त्रालयबाट गर्नुपर्ने कार्यहरुमा सधैं सकारात्मक सहयोग रहने उनले बताए ।

त्यस्तै, मन्त्री तामाङले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै निगमका हरेक विभागले गर्नुपर्ने नियमित कार्यहरुमा ढिला सुस्ती नगर्न र कसैको कारणबाट निगमलाई हानी नोक्सानी हुन गएमा सोही व्यक्ति जिम्मेवार रहनेतर्फ सचेत गराए ।

prabhu mahalaxmi
kumari