citizens life insurance long ad

दुर्गम जिल्लाका सबै पालिकाहरुमा सुलभरुपमा नुन उपलब्ध गराउन संसदीय समितिको निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । संसदीय समितिले दुर्गम जिल्लाका सबै पालिकाहरुमा सुलभरुपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

सोमवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम जिल्लाका पालिकाहरुमा अझै पनि नुनको अभाव रहेको भन्दै सबै पालिकामा सुलभ रुपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो।

समितिले साल्ट ट्रेडिङ कर्पोरेशनबाट आपूर्ति हुने गरेको रासायनिक मल, चिनी लगायत अत्यावश्यक खाद्य वस्तुहरुको गुणस्तर कायम गर्न पनि निर्देशन दिएको छ। त्यस्तै कालोबजारी र कृतिम अभावको अन्त्य गर्न पनि समितिले भनेको छ।

समितिले सरकारलाई साल्ट ट्रेडिङ कर्पोरेशनलाई भुक्तानी दिनुपर्ने रकम भुक्तानीको व्यवस्था मिलाउन पनि निर्देशन दिएको समिति सभापति अब्दुल खानले जानकारी दिए।

IME Lifesidebar
kumari