भारतमा कोरोना विरुद्धको खोप १५ अगष्टसम्ममा सर्वसाधारणका लागि उपलब्ध ‘हुन सक्ने
काठमाण्डौ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले कोरोना भाइरस विरुद्धको खोप अगष्ट १५ सम्म उपलब्ध हुन सक्ने बताएको छ । परिषद्ले यो खोप परीक्षणसँग जोडिएका संस्थानहरुलाई पत्र लेख्दै यो कुरा भारतीय समाचार संस्थाहरुले बताएका छन्।
यो खोप आईसीएमआर र हैदराबादमा रहेको भारत बायोटेक कम्पनीले संयुक्त रूपमा बनाइरहेका छन् । आईसीएमआरले एक पटक खोपको क्लिनिकल परीक्षण प्रकृया पूरा गरि सकेकाे छ ।
आगामी १५ अगष्ट अर्थात् भारतको स्वतन्त्रता दिवसको दिन खोप सर्वसाधारणका लागि उपलब्ध गराउन सकिने साे कम्पनीले जनाएको छ ।
यस खाेपकाे क्लिनिकल परीक्षणको लागि भारतका १२ वटा संस्थानलाई चुनिएको छ । आईसीएमआरका निर्देशक डा. बलराम भार्गवले गत २ जुलाईमा ती १२ वटा संस्थानलाई चिठी लेख्दै ७ जुलाईसम्म क्लिनिकल परीक्षणको इजाजत लिइसक्नुपर्ने बताएका थिए ।
पत्रमा डा.भार्गवले लेखेका छन्- ‘कोरोना रोकथामको लागि आईसीएमआरको माध्यमबाट बनाइएको खोपको फास्ट ट्रयाक परीक्षणको लागि भारत बायोटेक कम्पनीसँग एक सम्झौता गरिएको छ ।
कोरोना भाइरसको एउटा स्ट्रेन निकालेर यो खोप बनाइएको हो ।क्लिनिकल परीक्षणपछि आईसीएमआर १५ अगस्टसम्म सर्वसाधरणमा यो खोप पुर्याउन चाहन्छ ।
भारत बायोटेक कम्पनीले पनि युद्धस्तरमा काम गरि रहेको छ । तर यो खोपको सफलता क्लिनिकल परीक्षणको लागि चुनिएको संस्थानको सहयोगमा निर्भर रहन्छ ।’ भारतमा पहिलो पटक कोरोनाको खोप बनाउने प्रयास शुरू भएपछि विश्व बजारमा खुशी र आशाकाे सञ्चार भएकाे छ ।
काेराना भाइरसकाे औषधि पत्ता नलागेकाे अवस्थामा भारतकाेआईसीएमआर रभारत बायाेटेक कम्पनीले खाेप उत्पादन गरि क्लिनिकल परीक्षणको शुरु गरिसकेकाले अब काराेना उपचार सहज र सरल हुने भएकाे छ । काेराेना खाेपकाे क्लिनिकल परीक्षणकाे लागि १२ छानिएका छन ।
जुन निम्न रहेका छन: – किङ्ग जर्ज अस्पताल विशाखापटनम, बीडी शर्मा पीजीआईएमएस, युनिभर्सिटी अफ हेल्थ साइन्सेस, रोहतक एम्स, नयाँ दिल्ली एमस, पटना जीवन रेखा खस्पताल, बेलगाउँ, कर्नाटक गिल्लुर्कर मल्टी–स्पेसिएलिटी अस्पताल नागपुर, महाराष्ट्र राना हस्पिटल, गोरखपुर एसआरए मेडिकल कलेज हस्पिटल एण्ड रिसर्च सेन्टर, चेङ्गलपट्टु, तमिलनाडु निजाम इन्स्टिच्युट अफ मेडिकल साइन्सेस, हैदराबाद, तेलङ्गाना डाक्टर गंगाधर साहू, भुवनेश्वर, ओडिशा प्रखर हस्पिटल, उत्तर प्रदेश डाक्टर सागर रेडकर, गोवा काेराेना खाेप उप्पादन वारे विशेषज्ञहरूभन्छन:-
महाराष्ट्र सरकारको माध्यमबाट बनाइएको कोरोना टास्क फोर्सका सदस्य डा. शशांक जोशी भन्छन्, ‘यति कम समयमा खोप बनाउनु लगभग असम्भव छ ।
सामान्यतया एक खोप बनाउन दुई वर्ष लाग्छ । यदि फास्ट ट्रयाकबाट पनि प्रयास गर्दा कम्तीमा १२ देखि १८ महिनासम्म समय लाग्छ । त्यसअघि खोप बनाउनु असम्भव छ ।
’ इण्डियन कलेज अफ पिजिसियनसँग जोडिएका डा. शशांक जोशी आईसीएमआरको पत्रलाई लिएर हैरान भएको बताउँछन् । उनी भन्छन्, ‘१५ अगष्टसम्म कोरोना भाइरसको खोप बनाउने आईसीएमआरको निर्णय आश्चर्यपूर्ण छ । यसो गर्दै गर्दा मानिसको सुरक्षाको र खोपको क्षमताको बारेमा गहन अध्ययन हुनुपर्छ ।
आईसीएमआरले यो घोषणा गर्नुअघि आवश्यक सुरक्षा मानकको पूरा ख्याल राखेको छ भन्ने मलाई विश्वास छ । यदि यी सबै कुरालाई ध्यानमा राखेर खोप बनाइरहेको भए हामी यसको स्वागत गर्छौँ ।
’ स्वास्थ्य विशेषज्ञ र इन्टरनेशनल एसोसिएशन अफ् बायोएथिक्सका पूर्वअध्यक्ष डा. अनन्त भान पनि आईसीएमआरको योजनालाई लिएर हैरान छन् । उनी भन्छन्, ‘खोपले अहिलेसम्म प्रि–क्लिनिकल परीक्षण विकास चरण पूरा नगरेको भए खोपलाई क्लिनिकल परीक्षणको लागि ७ जुलाईसम्म रजिस्ट्रर गर्न सकिन्छ ।
यो खोप बजारमा १५ अगस्टसम्म कसरी उपलब्ध गराउन सकिन्छ ? के एक महिनाभन्दा कम समयमा खोपसँग जोडिएको सबै परीक्षण गर्न सकिन्छ र ? के उनीहरुले पहिले नै खोपको गुणवत्ताको बारेमा राय बनाएका छन् ? भारत बायोटेकको तयारी कस्ताे छ ? आईसीएमआरले चिठी पठाउनुअघि सञ्चार संवाददाताले बायोटेककी म्यानेजिङ डाइरेक्टर सुचित्रा एलासँग कुराकानी गरेका थिए ।
कुराकानीको क्रममा सुचित्रा एलाले भनेकी छिन:- ‘मानव क्लिनिकल परीक्षणको पहिलो फेजमा एक हजार मानिसलाई चुनिने छ । यसको लागि सबै अन्तर्राष्ट्रिय गाइडलाइन्सको पालना गरिनेछ ।
स्वयंसेवी चुन्दा पनि विशेष ध्यान पुर्याइने छ, कोरोना सङ्क्रमण नभएकाहरुलाई देशभरिबाट छानिनेछ । उनीहरुमा कस्तो प्रतिक्रिया भयो, त्यो थाहा पाउन कम्तीमा ३० दिन लाग्छ । भौगोलिक स्थितिले पनि असर पार्न सक्छ, यसको लागि हामीले पूरै भारतबाट मानिसहरुलाई चुनेका छौँ ।
पहिलो फेजको आँकडा जम्मा गर्न ४५ देखि ६० दिन लाग्छ । रगतको स्याम्पल लिएपछि परीक्षणको दर कम गर्न सकिँदैन । परीक्षणको नतिजा हामीसँग आइपुग्न १५ दिन लाग्छ ।’ हैदराबादमा रहेको भारत बायोटेक कम्पनीको माध्यमबाट बनाइरहेको कोरोना खोपको नाम Covaxin (कोभ्याक्सिन) राखिने छ ।























