stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल अर्वुद रोग निवारण काठमाडौं शाखाको नयाँ कार्यसमिति 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्था, काठमाडौं शाखाको सभापतिमा श्री कृष्ण महर्जन चयन भएका छन् । शनिबार सम्पन्न ३१औँ साधारण सभाले सभापतिसहित सम्पूर्ण पदाधिकारी तथा सदस्य सर्वसम्मत चयन गरेको हो ।

संस्थाको उपसभापतिमा वरिष्ठ फोटोपत्रकार तथा नेपाल पत्रकार महासंघका सदस्य समेत रहेका हरि गोपाल प्रधान र डा. विमला शाक्य चयन भएका छन् ।  सचिवमा दिव्यलक्षी बज्राचार्य र सह–सचिवमा हेमा मानन्धर चयन भएका छन् भने कोषाध्यक्षमा किरण महर्जन तथा सह–कोषाध्यक्षमा नवराज श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरुमा फूपु तेन्जिङ शेर्पा, माणिकरत्न शाक्य, जुना कुमारी श्रेष्ठ, निर्णय श्रेष्ठ, विरेन्द्रलाल श्रेष्ठ, डा. अरुण शाही र दिपेश कुमार चयन भएका छन् । संस्थाको विधान अनुसार दुई सदस्य रमेश महर्जन र सुरेश सापकोटालाई मनोनीत गरिएको छ ।

संस्थाको सल्लाहकारमा भगतकृष्ण श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा आर्थिक सञ्जाल डटकमका प्रधान सम्पादक नीरज रञ्जित, मोहनलाल श्रेष्ठ, र प्रकाश काजी शाक्य सर्वसम्मत चयन भएका छन् ।

 

prabhu mahalaxmi
kumari