stcnepal long ad
ime life insurance
national life
global ime bank long

नयाँ विदेशी कामदार भित्र्याउन श्रम बजार व्यवस्थित गर्दै कुवेत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुवेतले नयाँ विदेशी कामदार भित्र्याउन श्रम बजार व्यवस्थित गर्ने भएको छ । कुवेतको गृह मन्त्रालयको रेसिडेन्सी क्षेत्रका स्रोतका अनुसार जनसांख्यिकीय समस्याहरू हेर्ने सल्लाहकार समितिले धेरै मुलुकका विदेशी कामदारका लागि श्रम स्वीकृति विस्तार, प्रवासीहरूका लागि स्वास्थ्य बिमा अस्पताल र औषधालयहरू स्थापना गर्ने प्रस्ताव गरेको छ ।

समितिले यी स्वास्थ्य संस्थाको निर्माण र सञ्चालनको जिम्मेवारी लिएको कम्पनीले पेस गरेको प्रतिवेदनलाई मूल्यांकन गरेको स्रोतले जनाएको छ ।

प्रतिवेदनले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा तीनवटा अस्पताल, २० औषधालयलाई सञ्चालनमा ल्याउने र आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराउने प्रयास जारी रहेको संकेत गरेको छ । तर, यो प्रक्रिया पूरा गर्नका लागि कुनै निश्चित समयरेखा तोकिएको छैन ।

नयाँ विदेशी कामदार भिœयाउन श्रम बजार विस्तारलाई वैदेशिक रोजगारीमा जाने कामदारका लागि पर्याप्त स्वास्थ्य सुविधाको उपलब्धतासँग मिलाउनुपर्नेमा समितिले जोड दिएको मन्त्रालयलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।

त्यसो नगरे सरकारी स्वास्थ्य सेवामा दबाब बढ्नसक्ने समितिले चेतावनी दिएको छ । आगामी १७ जुनसम्म मन्त्रालयले तोकेको अनुग्रह अवधिभित्र आफ्नो स्थिति नियमित गर्ने वा देश छोड्ने अपेक्षा गरिएको उल्लंघन गर्नेहरूको संख्या ट्र्याक गर्न रेसिडेन्सी क्षेत्रका रिपोर्टहरू नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।

कुवेतले यतिबेला कानुन उलंघन गर्ने आप्रवासीहरूलाई आममाफी दिएको छ । सो अवधिमा आफ्नो मुलुक फर्कने व्यक्तिलाई नयाँ प्रक्रियाहरू सहित फेरि कुवेत फर्कन अनुमति दिइनेछ ।

रेसिडेन्सी कानुन उल्लंघन गर्ने व्यक्तिले कुनै जरिमाना नतिरीकन तोकिएको अवधिमा मुलुकको कुनै पनि बन्दरगाहबाट कुवेत छोड्न सक्नेछन् ।

प्रशासनिक वा न्यायिक अवरोधहरू भएका रेसिडेन्सी कानुनको उल्लंघन गरी बसेका कामदारहरू उल्लिखित अवधिमा भिसा प्राप्त गर्नका लागि आवश्यक कगजात उपलब्ध गराई सम्बन्धित निकायमा हाजिर हुनुपर्ने ।

उल्लंघन गर्नेहरूलाई जरिमाना तिरेपछि र त्यसलाई नियमन गर्ने नियन्त्रण र प्रक्रियाहरू अनुसार आफ्नो स्थिति परिमार्जन गर्न अनुमति दिएको हो । उल्लंघन गर्नेहरूलाई जरिमाना तिरेपछि र त्यसलाई नियमन गर्ने नियन्त्रण र प्रक्रियाहरूनुसार आफ्नो स्थिति परिमार्जन गर्न अनुमति दिइनेछ ।

आवास कानुन उल्लंघन गर्ने र माथि उल्लिखित अवधिभित्र आफ्नो स्थिति परिमार्जन नगर्ने वा कुवेत नछाड्ने व्यक्तिहरूलाई कानुनी रूपमा तोकिएको दण्ड दिइने र बसोबास गर्न इजाजतपत्र दिइनेछैन । उनीहरूलाई कुवेतबाट देशनिकाला गरिनेछ र फेरि कुवेत फर्कन दिइनेछैन ।

प्रशासनिक वा न्यायिक अवरोधहरू भएका रेसिडेन्सी कानुनको उल्लंघन गर्नेहरूले तोकिएको अवधिभित्र स्थापित कानुनी प्रावधान र नियमहरूद्वारा रेसिडेन्सी प्राप्त गर्नका लागि आवश्यकताहरूको उपलब्धता निर्धारण गर्न रेसिडेन्सी मामिलाहरूको महानिर्देशालयमा आवेदन दिनुपर्छ ।

कुवेतले नयाँ विदेशी कामदार भित्र्याउन र श्रम बजार व्यवस्थित गर्न त्यहाँ रहेका गैरकानुनी कामदारहरूलाई निश्चित समयसीमाभित्र आ–आफ्नो मुलुक फर्कन अनुमति दिएको छ ।

कुवेत सरकारले दिएको यस आममाफीबाट त्यहाँ गैरकानुनी रूपमा लुकिछिपी बसेका हजारौं नेपाली कामदार पनि लाभान्वित भइरहेका छन् । त्यहाँको सुरक्षा स्रोतका अनुसार कानुन उल्लंघन गर्नेहरूको संख्या १ लाख २० हजारदेखि १ लाख ४० हजार रहेको जनाएको छ । कुवेतमा विभिन्न पेसामा गरी १ लाख भन्दाबढी नेपाली कार्यरत छन्। आजको राजधानी दैनिकमा समाचार छ ।

 

IME Lifesidebar
kumari