stcnepal long ad
ime life insurance
national life
global ime bank long

इस्लाम धर्मावलम्वीले हर्षोल्लासपूर्वक ईद पर्व मनाउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । इस्लाम धर्मावलम्वीले आज हर्षोल्लासपूर्वक ईद पर्व मनाउदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि उनीहरुले आज ‘इदउलफित्र’ मनाउन लागेका हुन् ।

बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर एक अर्कामा शुभकामना गदै पर्व मनाउने गरिन्छ ।‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ नमाज पढ्ने गर्छन् ।

खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इदउल फित्र भनिएको हो। यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ।

यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।

 

IME Lifesidebar
kumari