stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

क्रम्पटनको नयाँ वर्षे जात्रा योजना सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले नयाँ वर्ष २०८१ लक्षित गर्दै क्रम्पटनको ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा’ नामक योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ चैत २३ गतेदेखि सिमित अवधिका लागि पाउनेछन् ।

यो योजनाको अवधिभरी लक्की ड्र मार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडिया को साईड बाई साईड रेफ्रीजिरेटर साथै बम्पर उपहार स्वरुप एक जोडी थाईलान्डं जाने मौका प्रदान गरिनेछ ।

लक्की ड्रमा सहभागिता जनाउनको लागि क्रम्पटन स्पेस कस्टमर नेम स्पेस एड्रेस स्पेस वारेन्टी कार्ड नम्बर टाइप गरी ३१००३ मा एमएमएस पठाउनुपर्ने छ ।

नेपालको लागि क्रम्पटन ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रप अन्तर्गतको सिजी इम्पेक्स रहेको छ । सि.जी. इम्पेक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सि.जी. डिजिटल शोरुम तथा अधिराज्यभरी फैलिएको डिलर नेटवर्क मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

क्रम्पटन ब्रान्डको नेपालमा एयर कुलर, सिलिङ्ग फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान, एक्सहस्ट फ्यान, वाटर हिटर, इलेक्ट्रिक गिजर, रूम हिटर, मिक्स्चर ग्राइन्डर, इन्डक्सन कुकर र आइरन बजार मा सर्वत्र पाइन्छ ।

 

prabhu mahalaxmi
kumari