stcnepal long ad
global ime bank long

युक्रेनको दाबी– ड्रोन आक्रमणमा ६ रुसी विमान ध्वस्त भएका छन्

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

युक्रेनले दक्षिणी रुसमा ड्रोन आक्रमण गरी एयरबेसमा पार्किङमा राखिएका ६ रुसी विमान ध्वस्त पारेको दाबी गरेको छ।

युक्रेनी रक्षा स्रोतहरूले बीबीसी युक्रेनीलाई रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य आठ विमान नराम्ररी क्षतिग्रस्त भएको बताएका छन्। यस आक्रमणमा २० सैनिकको मृत्यु भएको अनुमान गरिएको छ ।

स्रोतका अनुसार मोरोजोभस्क एयरबेसमा युक्रेनको युद्धमा प्रयोग गरिने सुखोई–२७ र सुखोई–३४ विमान राखिन्छन्। युक्रेनको उक्त दाबीमा रुसबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

बीबीसीले पनि उक्त दाबीलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिने उल्लेख गरेको छ। अर्कातर्फ, रुसी अधिकारीहरूले युक्रेनसँग सीमा जोडिएको क्षेत्रमा ४० भन्दा बढी ड्रोनलाई निशाना बनाइएको बताएका छन् ।

IME Lifesidebar
kumari