stcnepal long ad
global ime bank long

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनको अनुमति दिन आदेश दिएको हो।

न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। इजलासले यो मुद्दामा रिट जारीको आदेश गरेको छ। यसको अर्थ रिट निवेदनको मागबमोजिम गर्नु भन्ने हुन्छ। फैसलाको पूर्ण पाठ भने आइसकेको छैन।

सर्वोच्च अदालतले रिट निवेदक दुर्गा प्रसाईंको माग गरेअनुसारको फैसला भएको हो। मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति(एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र नेपाल सरकार विरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए।

शिक्षा मन्त्रालयले २०६८ माघ १४ गते मेडिकल कलेज सञ्चालनका लागि दिएको आशयपत्र ९एलओआई०लाई आधार बनाएर बैंकहरुले दुर्गा प्रसाईंलाई कर्जा दिएका थिए।

कर्जा सम्झौतामा बैंक र दुर्गा प्रसाईंबीच विद्यार्थीको पहिलो भर्ना भएपछि प्रथम किस्ता बुझाउने समझदारी भएको थियो। त्यस्तै कर्जा अवधि १५ वर्ष रहने बताइएको थियो।

प्रसाईंले आधा दर्जभन्दा बढी बैंक तथा वित्तीयबाट करिब ६ अर्ब रुपैयाँ कर्जा लिएर बी एन्ड सी मेडिकल कलेजको भौतिक संरचना निर्माण गरेका थिए। तर, उनले सम्बन्धन भने पाएनन्। अब भने दुर्गा प्रसाईंलाई मेडिकल कजेज सञ्चालनको बाटो खुलेको छ।

सर्वोच्चको यो फैसलासँगै अब बैंकहरुको कर्जा असुलउपर गर्न सजिलो हुने भएको छ। सहमतिबमोजिम अब दुर्गा प्रसाईंले बैंकहरुलाई कर्जाको साँवा–ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ।

 

IME Lifesidebar
kumari