stcnepal long ad
ime life insurance
national life
global ime bank long

ह्वाट्सएपमा ठूलो परिवर्तन, अब नयाँ डिजाइनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ह्वाट्सएपले समय–समयमा आफ्नो एपमा परिवर्तन गरिरहन्छ। प्रयोगकर्तालाई नयाँ अनुभव दिन कम्पनीले यस प्लेटफर्ममा निरन्तर केही नयाँ थपिरहेको छ। ह्वाट्सएप एन्ड्रोइड प्रयोगकर्ताका लागि यस्तै भएको छ। कम्पनीले हालको ह्वाट्सएपको सम्पूर्ण लुक परिवर्तन गरेको छ।

प्रयोगकर्ता लामो समयदेखि यो अपडेटको प्रतीक्षा गरिरहेका थिए। हालै कम्पनीले यसको बिटा संस्करणमा परीक्षण गरिरहेको थियो। यो अपडेटपछि एन्ड्रोइड प्रयोगकर्ताले आईओएसजस्तै ह्वाट्सएपको डिजाइन पनि हेर्न पाउनेछन्।

प्रयोगकर्ताले ह्वाट्सएपको लेटेस्ट भर्जन इन्स्टल गरे भने नयाँ रुप पाउनेछन्। अब च्याट, अपडेट, कम्युनिटिज र कलहरु अप्सनहरु माथि देखिने छैनन्। कम्पनीले यो पूरै बार तल सारिएको छ। उनीहरुको पोजिसन पनि परिवर्तन भएको छ।

पहिले सुरुमा क्युनिटिज देखिन्थ्यो। त्यसपछि च्याट, अपडेट र कलको अप्सन थियो। अब पहिले च्याट, त्यसपछि अपडेट, कम्युनिटिज र कलको अप्सन पाइनेछ। यद्यपि, कम्पनीले यस अपडेटका बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन।

यदि यो परिवर्तन प्रयोगकर्ताको ह्वाट्सअपमा देखिएन भने लेटेस्ट अपडेट स्थापना गर्न आवश्यक हुनेछ। यसका लागि प्रयोगकर्ताले गुगल प्लेस्टोरमा जानुपर्नेछ।

यहाँ प्रयोगकर्ताले ह्वाट्सएप खोज्नुपर्छ। त्यसपछि प्रयोगकर्ताले अपडेटको अप्सन पाउनेछन्। त्यसमा क्लिक गरेर एप अपडेट गर्न सकिनेछ। कम्पनीले हालै ह्वाट्सएपमा धेरै नयाँ सुविधा थपेको छ।

IME Lifesidebar
kumari