stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले ७ अर्ब ६९ करोड रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने

चैत ८ गते बिहीबार बोलकबोल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब ६९ करोड रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले चैत ९ गते विकास ऋणपत्र २०८६ ‘ड’ जारी गर्न लागेको हो। यो ऋणपत्र ६ वर्षे अवधिको हो। यसको साँवा भुक्तानी २०८६ चैत ९ गते हुनेछ।

यो विकास ऋणपत्रको बोलकबोल भोलि बिहीबार(चैत ८ गते) दिउँसो ३ बजेसम्म हुने केन्द्रीय बैंकले जनाएको छ। यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्याजमा कर लाग्नेछ।

यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन्।

ब्याजदर निर्धारण भने बोलकबोलबाट हुनेछ। यो ऋणपत्र धितोका रुपमा राखी कर्जा लिन वा दिन पाइनेछ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोललाई क्रमशः निष्कासित रकमको ८५ प्रतिशत र १५ प्रतिशत अर्थात ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ र १ अर्ब १५ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

IME Lifesidebar
kumari