stcnepal long ad
ime life insurance
national life
global ime bank long

महरालाई अस्पतालमै राखेर अनुसन्धान गरिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य अवस्थाको कारण देखाउँदै काठमाडौँ जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरालाई अस्पतालमा राखेर अनुसन्धान गर्ने भएको छ ।

चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले म्याद थपेसँगै बिरामीका कारण उल्लेख गर्दै अस्पतालमा राख्न आदेश गरेकाले सोही अनुसार अस्पतालको व्यवस्थापन गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार नेता महरालाई नर्भिक अस्पताल राखिने छ ।

महराले आफूले आठ प्रकारका औषधि खाइरहेकाले अस्पतालमा बस्न दिन माग गर्नुभएको र सोही आधारमा अस्पतालमा राखेर अनुसन्धान गर्न भनेको हो । सुन प्रकरणको अनुसन्धानका लागि नेता महरामाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चार दिनको म्याद पाएको थियो ।

अब महरा चारै दिन अस्पताल बस्न पाउने हुनुभएको छ । उहाँलाई सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।

गत साउन २ मा ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएपछि उहाँलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पनि उहाँमाथि अनुसन्धान गर्ने सिफारिस गरेको थियो । यसअघि नै सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।

IME Lifesidebar
kumari